टोयोटा वुमन्स मोटर र्‍यालीमा शाक्य बनिन् विजेता

काठमाडौं। नेपालका लागि टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले वैशाख ८ मा आयोजना गरेको टोयोटा वुमन्स र्‍यालीमा राज्यलक्ष्मी शाक्यले पहिलो पुरस्कार हात पारेकी छन्। टोयोटा विमन्स र्‍यालीमा ५५ सहभागी भएका थिए। कम्पनीले सडकमा सुरक्षित यात्रा र महिला सहभागितालाई प्रोत्साहन गर्न मोटर र्‍याली आयोजना गरेको हो।  शाक्यले टोयोटा नेपालबाट ५० हजार रुपैयाँ बराबरको चेक र ट्रफी प्राप्त गरिन्। यस्तै, दोस्रो भएकी रिन्छेन लामाले ३० हजार र ट्रफी जितिन्। तेस्रो स्थानकी स्वस्तिका महर्जनले २० हजार र ट्रफी पाइन्। धुम्बाराहीबाट गोकर्ण रिसोर्टसम्म ३० किलोमिटरको र्‍याली आयोजना गरिएको थियो।

आयोजक युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितुसिंह वैद्य वुमन्स र्‍यालीले समय, गति र सुरक्षा पाटोमा उपलब्धि हासिल गरेको बताउँछिन्। आफ्नो जिन्दगीको गाडी आफैं हाँक्नुस् भन्ने सांकेतिक सन्देशसहित सुरु गरेको यो र्‍याली फलदायी भएको अनुभव उनको छ।  ‘हामीले ५० जनालाई मात्रै सहभागि गराउने  भनेकामा धेरैले सहभागिता जनाउन खोजेकाले ५५ जना पुगे,’ वैद्यले भनिन्, ‘यो प्रतिस्पर्धामा छिटो कुदाउने नभएर कसले नियम पालना गर्छ, कसले समय र गति सुरक्षालाई ध्यान दिन्छ, त्यसलाई मूल्यांकन गरिएको हो।’  प्रबन्ध निर्देशक वैद्यका अनुसार यसबाट महिलाको मनोवृत्ति व्यक्तित्व, आत्मविश्वास पनि जगाउन खोजिएको हो।  अन्तर्राष्ट्रिय स्तरमै कार राइडिङमा भाग लिइसकेकी जिस्वाँ तुलाधर श्रेष्ठ टोयोटाको यो ¥यालीमा दोस्रो पटक सहभागी भएकी हुन्। महिला चालकले  सवारी हाँक्दा सजग नहुने गुनासो सम्बोधन गर्न यो र्‍यालीले उत्प्रेरणा दिएको उनी बताउँछिन्।  सहभागी सरिता श्री ज्ञवाली हाल राजनीतिमा संलग्न छन्। २४ वर्षदेखि कार चलाउँदै आएकी ज्ञवाली सडक सुरक्षालाई अपनाउँदै आएको बताउँछिन्। उनी भन्छिन्, ‘यस्तो खालको प्रतिस्पर्धाले जित्ने ऊर्जा र उत्प्रेरणा दिन्छ। ड्राइभिङ भन्नासाथ पुरुषलाई नै सम्झिने गरिन्छ तर महिला पनि सुरक्षित चालक बन्न सक्छन् है भन्ने सन्देश यसले पनि दिएको छ।’  सामाजिक सञ्जालमा वुमन्स र्‍यालीबारे थाहा पाएपछि सहभागी हुने चाहना जागेको मौनतारानी गौतमले बताइन्। २३ वर्षीय सफ्टवेयर इन्जिनियर गौतम यो र्‍यालीले महिलाको सहभागिता बढी हुँदा धेरैसँग चिनजान गर्ने मौका जुरेको बताउँछिन्।

सडक सुरक्षाबारे ज्ञान र आत्मविश्वास बढ्नुका साथै विस्तारै सडकमा महिला चालक पनि बढेका छन् है भनेर सन्देश गएको उनको भनाइ छ। कार्यक्रम स्थलमा विभिन्न खालका २० स्टलमार्फत उत्पादन प्रदर्शन गरिएको थियो। २० वर्षअघि नेपालमा टोयोटाले वुमन्स र्‍याली सुरु गरेको थियो। सन् २००४ बाट र्‍यालीयाली सुरु गरेको टोयोटाको वुमन्स र्‍यालीमा त्यतिबेला महिला चालक कम थिए भने अहिले धेरै भएकाले सहभागितामा आकर्षण बढेको आयोजकको भनाइ छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Shopping Cart
Scroll to Top